Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

डिजेल र पेट्रोलको मूल्य घट्यो

डिजेल र पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ।

आजदेखि पाइपलाइन सञ्चालनमा आउने भएकाले त्यसबाट हुने बचत उपभोक्तालाई दिन पनि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्ने छ। प्रति २ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ।

योसँगै अब पेट्रोल काठमाडौंमा प्रतिलिटर १०७ रुपैयाँ र डिजेल/मट्टितेल ९५ रुपैयाँ प्रतिलिटर हुने छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: