Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

हात्तिको आक्रमणमा परि दुईको मृत्यु

हात्तिको आक्रमणमा परि दुईको मृत्यु

२५ मंसिर,
कञ्नचपुरमा घाँस काट्न जंगल गएका छ जनालाई हात्तीले आक्रमण गरेको छ । आक्रमणमा परि २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा स्थानीय ५० वर्षीया भुलीदेवी बोहोरा र ३८ वर्षीया बसन्ती भट्टको मृत्यु भएको कञ्चनपुरका प्रहरीले जनाएको छ ।

उपचारको लागि अस्तपाल ल्याउने क्रममा बाटोमा नै दुवै जनाको मृत्यु भएको हो । आक्रमणबाट ३५ वर्षीया ललिता बोहरा, ३४ वर्षीया सुनिता विष्ट, ३२ वर्षीया उमा साउद र २४ वर्षीया सरिता ओझा घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि भारतको खटिमा पठाइएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: