Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

देशैभर चिसो बढ्र्रयो शनिवारसम्ममा अन्त्य

देशैभर चिसो बढ्र्रयो शनिवारसम्ममा अन्त्य

मंसिर २६ पोखरा ।
नेपालको पश्चिमी भूभागबाट न्यून चापीय प्रणाली प्रवेश गरेको संगै देशैभर चिसो बढेको छ ।
न्युन चापीय प्रणाली नेपालको पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको र पूर्व सर्ने क्रममा रहेको हुँदा चिसो अझ बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान पोखराको न्यूनतम तापक्रम ११्र४ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै काठमाण्डौं उपत्यकाको न्यूनतम तामक्रम ७।७ डिग्री सेल्सियस रहकेको छ । भने सबैभन्दा कम जुम्लामा ३।५ डिग्री सेल्सियस मापन गरिएको जनाइएको छ ।
बुधबारबाट प्रवेश गरेको न्यून चापीय प्रणालीका कारण पश्चिमी उच्च पहाडी हिमाली क्षेत्रहरुमा हिमपात सुरु भएको समाचारहरु प्राप्त भएका छन ।यो प्रणाली आज अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको महाशाखाले मौषमी बुलेटिन मार्फत जनाएको छ ।
शनिबारसम्ममा यो प्रणालीको अन्त्य हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुनुका साथै तापक्रममा गिरावट आउने भएकाले सतर्क हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: