Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

नयाँ बन्दीगृह संचालनमा आएन, कैदीबन्दी कोचिएर पुरानै भवनमा बस्न बाध्य

नयाँ बन्दीगृह संचालनमा आएन, कैदीबन्दी कोचिएर पुरानै भवनमा बस्न बाध्य

५ पुष, तनहुँ ।
जिल्ला कारागार तनहुँको बन्दीगृह भवनको निर्माण सम्पन्न भएपनि संचालनमा आउन सकेको छैन । कारागार परिसरमा तीनवटा नयाँ भवन बनेको छ । तर भवन संचालनमा नआउँदा कैदीबन्दी भने कोचिएर पुरानै भवनमा बस्न बाध्य छन् ।
कार्यालय भवन, सुरक्षा ब्यारेक र बन्दीगृह निर्माण गरिएपनि भवन हस्तान्तरण नहुँदा जिल्ला कारागार तनहुँका कैदीबन्दीलाई सार्न सकिएको छैन ।
आठ करोड लागतमा बन्दीगृह निर्माण गरिएको हो । समयमै निर्माण सम्पन्न भैसके पनि भवन हस्तान्तरण भने हुन सकेको छैन । प्रयोगमा आउन नसक्दा कैदीबन्दीहरु पुरानो भवनमा बस्न बाध्य छन् । जिल्ला कारागारका सुचना अधिकारी नारायण अधिकारीले भवन बनेपनि हस्तान्तरण नहुँदा समस्या भएको बताउँछन् ।
हस्तान्तरण गर्न बाँकी रहेको भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन गोरखाले जिल्ला कारागार तनहुँलाई हस्तान्तरण गरिएपछि मात्रै सञ्चालनमा आउने छ । तर, निर्माणका सबै काम सकिएपछि पनि भवन प्रयोगमा नआउँदा कैदीबन्दीले समस्या भोग्दै आएका छन् ।
कारागार ब्यवस्थापन बिभागबाट अनुगमन पनि भैसकेको छ । तर बन्दीगृह संचालनमा ल्याउने सम्वन्धमा भने सम्वन्धित निकायको ध्यान पुग्न सकेको छैन । छिटोभन्दा छिटो भवन संचालनमा ल्याई कैदीबन्दीलाई सार्न सके कारागार व्यवस्थापनमा सहज हुने चौकिदार बिष्णुहरी घिमिरे बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: