Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

पोखरा सडक महोत्सव जारी, डुङगा दौडमा फिस्टेल घाट पहिलो

पोखरा सडक महोत्सव जारी, डुङगा दौडमा फिस्टेल घाट पहिलो

पोखरा, १३ पुस
रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा २१ औ पोखरा सडक महोत्सव जारी छ । पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा भएको मेला हेर्न आउने दर्शकहरुको संख्या बढ्दै गएको छ । आइतबार दिउसो पोखराका कोमागाने पार्कमा राष्ट्रिय लोकदोहोरी कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका थिए ।
आइतबार दिउसो लोकदोहोरी र हाँस्य कलाकारले मनोरञ्जन दिए भने साझँ लाइभ कन्सर्टमा रमेको सडक महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए । आइतबार लोकदोहोरी तर्फ देवी घर्ती, सरला पाण्डे, मञ्जु विक, दुर्गा क्षेत्री, बद्री पगेनी, जिवन दाहाल, श्रीराम अधिकारी र घनश्याम रिजालको प्रस्तुती दिएका थिए । त्यसै गरि हास्य कलाकार सापटे र भटभटेले मनोरञ्जन प्रदान गरेका छन् ।
लाइभ कन्सर्ट तर्फ अभय एण्ड द स्टिम इन्जिनको प्रस्तुतीमा रमाएका छन् । सोमबार लोकदोहोरी तर्फ प्रिती आले, निशा पोख्रेल, सिता परियार, कमला ग्रैहे, बसन्त थापा, शंकर बिरही गुरुङ, सुरेन्द्र गुरुङ र रामजी पौडेलको प्रस्तुती रहने छ । त्यसै गरि हास्य कलाकार तर्फ युवराज भण्डारी, राजेन्द्र नेपाली, मनोज गजुरेलको प्रस्तुती रहने बरालले बताए । साझँ लाइभ कन्सर्टमा सबिन राईको प्रस्तुती रहने छ । सडकमै खाऊ, सडकमै रमाऊ, भन्ने नाराका साथ भएको महोत्सवमा रेष्टुरेण्टहरु सडक पेटि मै राखेर लेकसाइडलाई झिलिमिलि बनाएको छ ।

डुङगा दौड प्रतियोगितामा फिस्टेल घाट पहिलो
पोखरा सडक महोत्सवको अवसरमा आयोजना गरेको डुङगा दौड प्रतियोगितामा फिस्टेल घाट पहिलो भएको छ । फिस्टेल घाटबाट सहभागी दिपेन्द्र परियार, आशिस परियार र अमिस परियारले पहिलो हुदै नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे ।
बाराही घाटबाट सहभागी दिपेश परियार, पुर्ण मगर र जिवन मगरको समुहले दोस्रो स्थान प्राप्त ग¥यो । उनीहरुले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे । बाराही घाट डिबाट केवल चौधरी, लेख माझी र गणेश माझीले तेस्रो हुदै ५ हजार नगद जित्न सफल भए । त्यसै गरि गौरीघाट समुहबाट गौतम भुजेल, सुवास सुबेदी र अमृत नेपालीले सान्तोना पुरस्कार नगद २ हजार जित्न सफल भए ।
प्रतियोगितामा ११ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, महोत्सवका संयोजक लक्ष्मण बराल, पुर्व अध्यक्ष चौ बहादुर गुरुङ, महोत्वसका सहसंयोजक बसन्त गौतम लगाएतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: