Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

सातौं टोपी दिवस मनाइँदै, राष्ट्रिय मान्यता दिन माग

सातौं टोपी दिवस मनाइँदै, राष्ट्रिय मान्यता दिन माग

काठमाडौं ।

सातौ टोपी दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका साथ काठमाडौंमा यो दिवस मनाइएको हो । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाएका हुन् ।

टोपी दिवस मनाउने अभियान चलाएको जागरुक युवा अभियान नेपालका युवाहरुले सकेसम्म नेपाली पोशाक र नभए पनि नेपाली टोपी अनिवार्य लगाएर कार्यक्रममा सहभागी हुन आह्वान गरेका थिए । सहभागी युवाहरुले नेपाली राष्ट्रिय पोशाक र टोपीसम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यसैगरी गन्तव्य नेपाल ग्रुपले पनि टोपी दिवस मनाएको छ । टोपी लगाएका पर्यटन व्यवसायीहरुले राष्ट्रिय पहिचान कायम गरौ भन्दै पर्यटकीय नगर ठमेल परिक्रमा गरेका थिए ।

उनीहरुले दौरा, सुरुवाल, ढाका टोपी र गुन्यो चोलीलाई राष्ट्रिय पोशाक घोषणा गर्न माग गर्दै नयाँ पुस्तालाई नेपाली मौलिकता हस्तान्तरण गर्न पनि माग गरेका थिए । टोपी दिवसलाई राष्ट्रिय मान्यता दिन पनि उनीहरुले सरकारसंग माग गरेकाछन् । यो दिवस सात वर्षदेखि मनाईंदै आएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: