Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

जापानमा सेभेन ए साइड फेडरेशनको शाखा स्थापना हुने

जापानमा सेभेन ए साइड फेडरेशनको शाखा स्थापना हुने

पोखरा, १६ पुस ।

नेपालमा क्रियाशिल नेपाल सेभेन ए साइड फुटबल फेडरेशनको जापान शाखा स्थापना हुने भएको छ । लामो समयदेखि जापानमा बसोबास गर्दै आएका पोखरा महानगरपालिका–१०, रामघाटस्थित राममार्गका सुरज गुरुङको पहलमा जापानमा फेडरेशनको शाखा स्थापना हुन लागेको हो ।

सोमबार पोखरामा आयोजित एक कार्यक्रमका विच फेडरेशनले उनलाई सदस्यता प्रदान गरेको छ । सोही समारोहमा उनले नेपाल सेभेन ए साइड फेडेसेसनलाई सहयोग रकम पनि हस्तान्तरण गरे । विगत २० वर्षदेखि जापानमा बसोबास गर्र्दै आएका गुरुङले बुधबार पोखरामा एक कार्यक्रमबीच फेडेरेसनका अध्यक्ष नविन पुनलाई १० हजार १ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै गुरुङले जापानमा रहेर फेडेरेसनको जापान शाखा गठन गर्ने प्रतिबद्धता जनाए । यसअघि, फेडेरेसनका अध्यक्ष नविन पुनले गुरुङलाई स्वागत गर्दै फेडेरेसनको सदस्यमा नियुक्त गरेको घोषणा गरेका थिए ।

कार्यक्रममा सेभेन ए साइड फुटबल फेडेरेसनका उपाध्यक्ष खेमबहादुर गुरुङ, द्वितिय उपाध्यक्ष दीपक थापा, कोषध्यक्ष रविकान्त आचार्य र सदस्य दीपेन गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पुर्वाध्यक्ष विनोद लामिछाने, मञ्च गण्डकीका सदस्य नारायण शाही लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: