Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

अधिग्रहणमा उचित सम्बोधन होस्

अधिग्रहणमा उचित सम्बोधन होस्

 

पोखरा क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थललाई थप जग्गा चाहिने भएपछि फेरी विमानस्थलको उत्तर र दक्षिणतर्फ केहि जग्गा अधिग्रहण गरिने परियोजनाले जनाएको छ । यो संगै स्थानियहरुले अधिग्रहणका नाममा परियोजनाले स्थानियलाई पटक पटक हैरानिमा पारेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । निर्माण परियोजनाका कारण आफ्नो उठिबास हुने भन्दै पिडित पक्षले गुनासो गरेका छन् । पोखरा क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थल जनसरोकार समितिले पोखरामा आयोजनाले पटके रुपमा गरेको जग्गा अधिग्रहणको श्रृङ्खलाले उठिबास लाग्ने स्थिती आएको भन्दै आक्रोस पोखेका हुन् ।

विमानस्थल निर्माणका लागि २०३२ सालमा ३ हजार १ सय ५० रोपनी र ५९० रोपनी जग्गा अधिग्रहण गरि विमानस्थल प्रक्रिया अगाडी बढि रहेको छ । विमानस्थललाई थप जग्गा आवश्यक पर्ने भनि मंसिर ५ गते बसेको मन्त्रिपरिषदको बैठक थप १ सय ४८ रोपनी जग्गा अधिग्रहणका लागि स्विकृति दिएको थियो ।

सरकारको निर्णय प्रति स्थानियले विरोध जनाउँदै थप १ सय ४८ रोपनी जग्गा नदिने घोषणा गरेको जनसरोकार समितिका अध्यक्ष गणेश पौडेलले बताए । आयोजनाले विगतमा भएका सहमतीहरुलाई पनि कार्यान्वयन नगरेको भन्दै १६ बुँदे माग सहित आन्दोलनमा जाने घोषणा समेत गरेका छन । माग पुरा नभए अधिग्रहणका लागि जग्गा नदिने प्रभावित पक्षको माग रहेको छ ।

थप जग्गा अधिग्रहणबाट १७ घरपरिवार उठिबासको अवस्था आउने समेत समिति अध्यक्ष पौडेले बताए । सरकारले दिने मुअव्जाले अर्को ठाँउमा जग्गा किनेर घर बनाउन नसक्ने अवस्था नरहेको उनिहरुको भनाई रहेको छ ।

विगतको मुअव्जा वितरणमा बाटो भएको क्षेत्रमा रोपनीको ६४ लाख, बाटो नभएको ठाउँमा २० लाख मात्रै उपलब्ध गराएको स्थानियको गुनासो छ । पोखराको कुनैपनि ठाउँमा २० लाख रोपनी जग्गा नपाइने भन्दै मुआब्जाको कुरा पनि व्यवहारिक नभएको उनीहरुको गुनासो छ ।

विमानस्थलको हालसम्म ६० प्रतिसत भन्दा बढी काम सम्पन्न भएको छ । यो अवधिमा विमानस्थलका लागि नपुग भन्दै पटक पटक थप जग्गा अधिग्रहण गर्दै आइएको छ । यसरि पटक पटक जग्गा अधिग्रहण गर्दा आफुहरुले पटक पटक मानसिक यातना भोग्नुपरेको भन्दै स्थानियले चित्त दुखाएका छन् । उनीहरुको दुखेसोलाई कसरि सम्बोधन गर्नुपर्छ भन्ने बारेमा सरोकारवाला पक्षले गंभिरताका साथ सोच्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: