Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

व्यापार मेला जारी ,आज प्रभातफेरी

व्यापार मेला जारी ,आज प्रभातफेरी

मनिषा लामिछाने,

पोखरा, २० पुस ।
पोखराको नयाँबजारमा समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला जारी रहेको छ ।
मेला समदु्घाटनका दिनको लागि तय भएको प्रभातफेरी वर्षाका कारण स्थगित भएको थियो । संघका महासचिव अर्जुन पोखरेलले प्रभातफेरीमा सरिक हुन आमा समूहहरु, टोल विकास संस्था, बस्तुगत संघ तथा संघका सदस्यहरुलाई आग्रह गरे । प्रभातफेरीमा सहभागि टोलीलाई विशेष उपहारको समेत व्यवस्था गरिएको छ । उत्कृष्ट झाँकीलाई नगद पुरस्कार नै दिइने संघकी उपमहासचिव चिनुकुमारी गुरुङले जानकारी दिइन् । उद्घाटन कार्यक्रममा करिब १ सय वटा आमा समूह, टोल विकास ंसंस्थासहित उद्योगी÷व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । सोमबार संघको सचिवालय गैह्रापाटनबाट बिहान ११ बजे सुरु भएको प्रभातफेरी मेला स्थल प्रदर्शनी केन्द्रमा आएर समापन गरिएको छ ।सोमबार आज लोकदोहोहीतर्फ जुना श्रीस मगर,मधु चापागाईँ, रतिमाया खड्का,तारापति सुवेदी, कुुमार पुन, शिव केसी,राजेन्द्र सापकोटा, ईश्वर सिँहसहित निर्मल र प्याकुलीको हाँस्य प्रस्तुति रहने छ भने पपतर्फ सुमित ग्रुप र देउराली ब्याण्डको विशेष प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: