Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

मौषमी प्रणालीका कारण पश्चिमी भू–भागमा आंशिक बद्लीको सम्भावना

मौषमी प्रणालीका कारण पश्चिमी भू–भागमा आंशिक बद्लीको सम्भावना

पुस २२ पोखरा । पश्चिमी निम्न चापिय प्रणालीको कारण मंगलबार दिउँसो देशको पश्चिमी र मध्य भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ । पुर्वि भू–भागमा आंशिक बदलि रहने छ । देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार राती पश्चिमी भू–भाग, मध्य र पुर्वका पहाडि भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना रहेका जनाइएको छ ।

मंगलबार बिहान पोखराको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ ।  सोमबार बिहान पोखराको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियसमा झरेको थियो ।

यस्तै काठमाण्डौंको ४.२ डिग्री सेल्सियस, डडेल्धुराको ३.५, जुम्लाको ०.३, ताप्लेजुङको ३.६, ओखलढुङ्गाको ३.५ बिराटनगरको ७.५, नेपालगंजको १०.६ डिग्री सेल्सियस न्यूतम तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ ।
पश्चिमी न्युन चापीय प्रणालीका कारण मंगलबार पोखरा सहित देशभर चिसो बढेको छ ।

बुधबार देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभाबना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा मध्यम देखि भारी खालको हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानहरुमा बदलि रही उच्च हिमाली भूभागमा भारी हिमपात तथा पहाडी र तराईका केहि स्थानहरुमा वर्षाको सम्भावना छ ।

यो प्रणाली शुक्रबार सम्मनै रहनेछ। बिहिबार र शुक्रबार देशभर सामान्य बदलि रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केहि स्थानहरुमा वर्षा हुन सक्ने हुँदा चिसो बढ्ने हुनाले सतर्क रहन महाशाखाले सबैमा अनुरोध गरेको छ । शनिबार बाट मौसममा सुधार देखिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: