Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

सुन-चाँदीको भाउ घट्यो

सुन-चाँदीको भाउ घट्यो

पुस २२ पोखरा । निरन्तर उकालो लागेको सुनको भाउ मंगलबार भने घटेको छ ।

सोमबार अहिलेसम्मकै महंगोमा कारोबार भएको सुनको भाउ तोलामा ५ सय घटेर ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सुन सोमबार प्रति तोला ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च हो ।

यस्तै मङ्गलबार चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनको भाउ बढेपछि नेपाली बजारमा कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए । गएको वर्ष यो समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुश्किलले दैनिक १० किलोमात्रै व्यापार हुने गरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: