Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपा कास्कीको माग

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपा कास्कीको माग

पुस २४ पोखरा । राप्रपा कास्कीको विशेष बैठक बिहीवार सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि राप्रपाका सहायक महामन्त्री मदन बहादुर कर्कीले आगामी पौष २७ गते राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको २९८ औं जन्मोत्सव सभ्य र सभ्य रुपमा मनाउन सम्पुर्ण देशभक्त राष्ट्रवादी महानुभावहरुलाई आग्रह गरेका छन ।

राप्रपा कास्कीको विशेष बैठक सम्पन्न

बैठकमा केन्द्रीय सदस्यहरु जयलाल पुन, शिवप्रसाद चालिसे, सिता खड्का, नारायण गुरुङ, जिल्ला अध्यक्ष उपाध्यक्ष गणेश ढकाललगायतले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिनुपर्ने बताउँदै भव्य रुपमा मनाउन सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।

विशेष बैठकले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सवका दिन पौष २७ गते आइतबारका दिन पृथ्वीचोकमा दिनको ११ बजे हुने भएकोले सम्पूर्ण संघसंस्था, देशभक्त राष्ट्रवादी महानुभावहरुमा उपस्थितिका लागि आह्वान गर्ने समेत निर्णय गरेको छ ।

साथै बैठकले नेपाल सरकार तथा गण्डकी प्रदेशका मुख्य मन्त्री समक्ष सार्वजनिक विदाको माग गर्ने निर्णय समेत गरेको छ । राप्रपा कास्कीका अध्यक्ष डा.महेन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको बैठकको संचालन सचिव हरिप्रसाद बरालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: