Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

दशौ संकरणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा

दशौ संकरणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा

पुस २६ पोखरा । आगामी पुषको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सव आयोजक युनाईटेड क्लवले शनिवार महोत्सव स्थल अमरसिंहचौरमा पत्रकार सम्मेलनको आयोजना गरी दशौ संस्करणको पोखरा महोत्सवको सम्पर्ण तयारी पुरा भएको जनाएको हो ।

महोत्सवको आयोजना गरी पोखरा र आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी सहित सेती नदी संरक्षणमा काम गर्दै आएको युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २९ देखी माघको १२ गते सम्म अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

महोत्सवकै आयोजना गरी पोखरामा नया गन्तब्य चिडियाखाना निर्माणका लागी पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टभु भागमा हाल चिडियाखाना निर्माणको काम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

युनाईटेड क्लवले महोत्सवकै आयोजनाबाट सेती नदी संरक्षणलाई अभियानकै रुपमा अगाडि वढाउदै महोत्सव प्रवेश टिकटबाट प्रति टिकट एक रुपैया छुटाइने वताउदै क्लवले विपद व्यवस्थापनका लागी समेत अक्षय कोष स्थापना गरि अगाडि वढेको गुरुङको भनाइ रहेको थियो । हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवमा २ सय ५६ वटा स्टल रहनेछन ।

१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने विधालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता र बुद्धिचाल प्रतियोगिता हुने महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

गायन संगै महोत्सवमा हांस्यब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृती झल्किने लोक नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, शैक्षिक जगरण सम्बन्धि डकुमेन्ट्रि प्रदर्शनी, चमेना गृहको ब्यवस्था, बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र बुद्धिचाल प्रतियोगिता समेत हुने श्रेष्ठले वताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: