Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

एयरपोर्टमा जारी महायज्ञमा भक्तजनको सहभागिता बढ्दै

एयरपोर्टमा जारी महायज्ञमा भक्तजनको सहभागिता बढ्दै

पुष २८ ,पोखरा
पोखराको एयरपोर्टमा जारी अष्टधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको छ । त्यस्तै महायज्ञमा दानविर तथा अष्टधातु दाता पनि थपिदै गएका छन् ।
महायज्ञमा हालसम्म पोखरा–८ का बामदेव बस्ताकोटीले १ लाख १ हजार दान गरेका छन् भने नागढुंगाका बलबहादुर अर्याल, नागढुंगाकै कमला श्रेष्ठ, कमला केसी, श्यामबहादुर श्रेष्ठ, सावित्री घिमिरे, एयरपोर्ट टोलका रुपा बरालले जनहि १५ हजार दान गरेका छन् । दोस्तविर गुरुङ्ग, संगिता गौतम तिमिल्सीना, जानुका थापा क्षेत्री, नेत्रबहादुर थापा, मिनबहादुर भुजेल, लक्ष्मी अर्याल, सूर्यप्रसाद बराल, श्रृजना ढकाल, सूर्य गौतम, राजु जिसी, मनदेवी पाइजा, नरबहादुर थापाले जनही ५÷५ हजार दान गरेका छन् ।
धार्मिक पर्यटकिय क्षेत्र देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शंकर मूर्ती निर्माण अभियान सफल पार्नका लागि पोखरामा शुक्रबारदेखि उक्त ज्ञानमहायज्ञ शुरु भएको हो । देवघाट संरक्षण प्रतिष्ठान चितवनको आयोजना तथा नागढुङ्गा आमा समुह र एयरपोर्ट टोल विकास संस्थाको संयोजनमा जारी महायज्ञमा सहभागि भई चन्द्रदिव्यश्वरी भण्डारी, शंकर खराल, सावित्री घिमिरे, केशवराज ढकाल, सीता कंडेल काफ्ले, बुद्धिप्रसाद उपाध्याय, कमला केसी, कमला श्रेष्ठ, जमुना पौडेल, मैयादेवी श्रेष्ठ, संगिता गौतम तिमिल्सीना, पार्वती अधिकारी र डिल्लिराम पौडेलले प्रतिष्ठानको आजिवन सदस्यता लिएका छन् ।
आयोजक प्रतिष्ठानका महासचिव मदनराज मिश्रले महायज्ञमा ५ हजार दान गर्नेलाई संस्थाको आजिवन सदस्यता प्रदान गरिने, १५ हजार दान गर्ने दाताले एकजनाको स्मृतीमा शिलालेख लेखाउन पाउने, २५ हजार दान गर्ने दाताले दुईजनाको स्मृतीमा शिलालेख लेखाउन पाउने, ५१ हजार दान गर्नेको ५ जनाको नाम लेखाइने तथा १ लाख माथि दान गर्नको संस्थापक एवं परिवारको फोटो सहित शिलालेख लेखाइने जानकारी दिए ।
५ लाख माथि दान गर्ने दातालाई संरक्षक सहित पतिपत्नीको फोटो शिलालेखमा राखिने पनि मिश्रले बताएका छन् । महायज्ञका प्रमुख बाचक पंडित बालकृष्ण अर्याल रहेका छन् । पोखरेली कलाकारद्वय युवराज लामिछाने र तिलबीर सेञ्चुरीले उक्त मूर्ती निर्माण गर्दैछन् ।

फोटो ः
पोखराको एयरपोर्टमा जारी महायज्ञमा संकलित अष्टधातु । देवघाटमा ३० फिट अग्लो अष्टधातुको शंकर मूर्ती निर्माण सहयोगार्थ आयोजित महायज्ञमा अष्टधातु दान गर्न सकिन्छ । संकलित अष्टधातु शंकर मूर्तीमा प्रयोग हुने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: