Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

मृगौला पिडित बिकलाई ह्वीलचेयर प्रदान

मृगौला पिडित बिकलाई ह्वीलचेयर प्रदान

पुस २८ पोखरा । मृगौला पिडित सरोकार समाज कास्कीले पोखराका मृगौला पिडित बिरामीलाई ह्वील चेयर प्रदान गरेको छ ।

बिगत चार वर्षदेखी समयदेखी मृगौलामा समस्या आई नियमित डायलिस गरिरहेका पोखरा–२६ कन्नीडाँडा घर भएका दुत बहादुर बिकलाई हिडडुलमा सहजताका लागि ह्वीलचेयर प्रदान गरेको सरोकार समाजका कास्की अध्यक्ष सञ्जय कुमार रानाभाटले जानकारी दिए ।

पोखरा २४ का धर्मराज त्रिपाठीको विशेष सहयोगमा उनलाई ह्वीलचेयर प्रदान गरेको समाजले जनाएको छ ।

मृगौलासम्बन्धी समयस्याबाट पिडित बिकको आर्थिक अवस्था समेत कमजोर रहेको समाजका सचिव सुरेश शर्माले बताए ।

समाजले मृगौला रोग लाग्न नदिन समाजमा जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ । यस अघि समाजले गत शनिबार पोखरामा सचेतना र्याली समेत निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: