Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल शुरु

तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल शुरु

पोखरा २९ पुस ।
पोखरा–१५ रामबजारमा तेस्रो संस्करणको अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता शुरुभएको छ । रामबजार स्थित रेम्बो एकेडेमी होम्सको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एस एन ब्रदर्सले गोर्खा कम्पनीलाई २–१ गोलले हराउदै पहिलो जित निकालेको छ ।
मंगलबार भएको उद्घघाटन खेलमा ब्रदर्सका रुपेश गुरुङले दुई गोल गर्दै टिमलाइ जित दिलाए । गुरुङले खेलको १८ औ मिनेटमा फ्रीकिकमा गोल गरे । त्यस्तै उनले खेलको ३८ औ मिनेटमा पुन फ्रीकिकमा नै गोल गर्दै टिमलाइ जित दिलाएका हुन । उनले व्यक्तिगत दोस्रो गोल गरे ।
निर्धारित ४० मिनेटको खेलको पहिलो हाफमा १–० गोलले अग्रता बनाएको ब्रदर्सले दोस्रो हाफमा सम्हालिन नसक्दा खेल बराबरीमा पुगेको थियो । पहिलो हाफमा १ गोलले पछि परेको गोर्खा कम्पनीको लागी दोस्रो हाफमा क्याप्टेन बेल बहादुर गुरुङले हेड गोल गर्दै बराबरी बनाए । गोर्खाले पाएको कर्नर किकको सदुपयोग गर्दै गोल गर्न सफल भएको थियो । उनले खेलको ३५ औ मिनेटमा गोल गर्दै बरबरी बनाए । गोर्खा खेलमा सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।
प्रतियोगिताको दोस्रो खेलमा ब्रदर्स फुटबल क्लबलाई युनाइटेड फुटबल क्ल्बले टाइब्रेकरमा ३–१ गोलले हराउदै जित हात पारेको छ । निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक दोस्रो खेलमा दुबै टोलिले पाएको अवसरको सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको हो ।
युनाइटेडको लागी टाइब्रेकरमा रवि गुरुङ, नारायण केसि र अमित गुरुङले गोल गरे भने ब्रदर्सको लागी अनुप थापाले एक गोल गरे ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजकुमार गुरुङले अमन गुरुङलाई अमर राख्न प्रतियोगिता सहयोगि हुने बताए । खेलको माध्यमबाट समाजलाई सकरात्मक असर पर्ने हुँदा यस्ता प्रतियोगिता हुन आवश्यक रहेको उनले बताए । त्यस्तै वडा १५ वडा अध्यक्ष प्रकाश पौडेलले यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्ने बताउदै खेलले युवाहरूलाई समाज सेवा र विकासमा सहयोग पुग्ने धारणा राखे ।
उद्घाटन समारोहका विशेष अतिथि नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नवीन पुनले महासंघ गठन गर्दाका क्षणहरु स्मरण गरे । सेभेन ए साइड सानो मैदानमा पनि खेल्न सकिने भएकाले ग्रामिण क्षेत्रबाट लुकेका प्रतिभा निकाल्न सेभेन ए साइड शुरु गरिएको उनले सुनाए । तर अहिले आएर यो खेल पोखरा र आसपासमा निकै लोकप्रिय भएको बताउँदै यहाँ वर्षमा झण्डै ३० वटा प्रतियोगिताहरु सञ्चालन हुने गरेको पुनले बताए । विगतका दिनमा एकादुई प्रतियोगिता आयोजना हुँदा त्यहाँ पुग्न सक्ने भएपनि अहिले धेरै प्रतियोगिताहरु आयोजना हुँदा अतिथि बोलाएको ठाउँमा समेत जान नभ्यएकोमा आयोजकहरुप्रति क्षमा समेत मागे । उनले पोखराको फुटबल विकासमा सहारा क्लबले महत्वपूर्ण योगदान पुर्याएको भन्दै धन्यवाद ज्ञापन समेत व्यक्त गरे ।
उक्त कार्यक्रममा भ्याली स्पोर्ट्स क्लबका अध्यक्ष समर बहादुर श्रेष्ठ , उपाध्यक्ष मिना भण्डारी, महेश गुरुङ लगायतले आफ्नो भनाइ राखेका थिए । प्रतियोगितामा इन्टेक ०६ विग्रेड अफ गोर्खाज यु.के,आयोजक र अन्य क्लब गरि १८ टिमको सहभागीता रहेको प्रतियोगिता संयोजक संयोजक विश्व तण्डुकरले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद रू एक लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन । यस्तै उत्कृष्ट खेलाडीले १२ हजार र सर्वाधिक गोलकर्ताले ७ हजार रुपैयाँ पाउने छन् भने म्यान अफ दि म्याचले मोबाइल प्राप्त गर्ने छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: